ग्याँस चीन तस्करी गरेको आरोपमा अनुसन्धान गर्न सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका एक मजदुर बेपत्ता भएको विषयलाई लिएर शनिबार तातोपानी नाका तनावग्रस्त बन्याे ।बेपत्ता मजदुरका आफन्त र स्थानीय प्रदर्शनमा उत्रँदा सशस्त्र प्रहरीसँग झडपसमेत भएको छ। झडपमा एक प्रहरी घाइते भएका छन्। नागरिक दैनिकमा समाचार छ ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका हगाम–७ का २१ वर्षीय कुमार तामाङ चार दिनदेखि बेपत्ता छन्। प्रहरीले उनलाई बेपत्ता पारेको भन्दै स्थिति सार्वजनिक गर्न माग गर्दै परिवारजन र स्थानीय सशस्त्र विरुद्ध प्रदर्शनमा उत्रेपछि दोहोरो झडप भएको हो। ठूलो संख्याका प्रदर्शनकारीले तातोपानीको बसपार्कमा ढुंगामुढा बिछ्याएर अवरोध गरिरहेका छन्। उनीहरुले तातोपानी भन्सार तालावन्दी गर्ने लगायत कार्यक्रम अघि सारेपछि ठूलो संख्यामा सुरक्षकर्मीसमेत परिचालन गरिएको छ।
प्रकाशित मिति: 2015-03-29 06:15:06