रामचन्द्र पौडेल - डाक्टर साब नमस्ते । म रामचन्द्र । अनि कस्तो छ हजुरलाई ?
केसी -मसिनो स्वरमा ठिकै छ ।
पौडेल - होइन के हो कुरा, हिजो सरकारले दुई मन्त्री सम्मिलित टोली बनाएर भेट्न पठाएको थियो, तपाइँले उनीहरुसँग कुरा गर्दिन भन्नुभएछ । किन त्यो गर्नुभयो ?
केसी - भनेपछि तपाई पनि मेरो १० बुदेँ माग नपढी आउनुभएछ । आफ्नो बेडमाथिको भित्तामा टाँसिएको फ्लेक्स देखाउँदै, पहिले यो पढ्नुस अनि म सँग कुरा गर्नुस ।
पौडेल आधा मिनेटजति भित्तामा टाँसिएका माग पढ्न थाले, त्यसपछि झण्डै आधा मिनेट केसीलाई हेरी मात्र हरे, झन्डै एक मिनेट मौनता छायो ।
केसी -कुरो के हो भने मेरो मागलमा जसलाई कारवाही गर्नुपर्छ भनेको छु, त्यही व्यक्तिलाई सरकारले वार्ताटोलीमा राखेर सरकारले आन्दोलनको अपमान गरेको होइन ? म किन उनीहरुसँग वार्ता गर्ने ?
पौडेल- ल तपाइँको माग जाजय छ । मेरो तर्फबाट हजुरलाई नैतिक सद्भाव छ भन्न आएको हुँ । माग पूरा गराउन सरकारलाई के गर्नुपर्छ मेरो तर्फबाट हुन्छ ।
आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।