एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रमा कुनै कार्यकारी वा पदाधिकारीको जिम्मेवारी नपाएको बेलामा पनि प्रभावशाली नेताका रुपमा चिनिए ।
कान्तिपुर दैनिकमा सरोजराज अधिकारी आफ्नो समाचार टिप्पणीमा अगाडि लेख्छन् गत वर्ष माघ २१ मा एमाले संसदीय दलको नेता र यसैवर्ष असारमा पार्टी अध्यक्ष चुनिनुअघि उनी स्थायी समिति सदस्यमात्र थिए । एमालेबाट झलनाथ खनाल र माधवकुमार नेपाल प्रधानमन्त्री बनिसके, उनका लागि त्यो अवसर अझै जुरेको छैन तर पनि लामो समयदेखि उनी प्रभावशाली नेता रहेका छन् ।
यतिखेर त राष्ट्रिय राजवनीीतमा उनको प्रभाव यसत विस्तार भएको छ कि प्रधानमन्त्री सुशील कोइरालासमेत परामर्शका लागि ओलीको निवास बालकोट नै पुग्न थालेका छन् । ओली, बिरामी छन् यो कसैबाट लुकेको छैन तर कोइरालाको स्वास्थ्थ पनि ठीक छैन ।
ओली २३ दिनपछि मुख्यालय बल्खु पुगेका छन् । यसअघि फागुन २१ मा वैकल्पिक केन्द्रीय सदस्यलाई सपथ गराउन त्यहा गएका थिए । यसबीच पार्टीको बैठक, छलफल उनले बालकोटमै चलाए । नेता माधवकुमार नेपाल भने बालकोटमा डाकिएका पार्टी बैठकमा गएका छैनन ।