नेपाल प्रहरीले सुन तस्करीका कुख्यात बालकृष्ण अग्रवाललाई गिरफ्तार गरेको छ । अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
उनलाई माघ २४ गते भारतीय प्रहरीको सहयोगमा बनारसमा गिरफ्तार गरी काठमाडौं ल्याइएको उच्च आधिकारिक स्रोतबाट जानकारी प्राप्त भएको छ ।
चीनबाट सुन तस्करी गरी भारत तथा अन्य मुलुकमा व्यापारको अवैध संजाल उनले संचालन गर्दै आएको दाबी प्रहरीले गरेको छ ।