पश्चिम वायुको प्रभावका कारण शनिबार राती र आइतबार दिउँसो देशैभरी वर्षा भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद मीनकुमार अर्यालले मध्य र पूर्वी भागमा सोमबारदेखि नै सुधार सुरु हुने भए पनि सूदूरपश्चिम क्षेत्रमा बुधवारसम्मै वर्षा हुन सक्ने बताए । कान्तिपुर दैनिकमा समाचार छ।
मौसमविद्ले देशभरको मौसम सुधार हुन अझै केही दिन लाग्ने आँकलन गरेका छन् ।