मोवाईल चार्ज गर्दा हाईभोल्टेजका कारण करेन्ट लागेर आइतवार वेलुका दुई युवाको मृत्यु भएको छ । कान्तिपुर दैनिकमा समाचार छ । हाईभोल्टेजका कारण करेन्ट लागेर मृत्यु हुनेमा मकवानपुरगढी गाविस ९ का १९ वर्षीय अनिल जिम्वा र १८ वर्षीय विशाल परियार रहेका छन् ।
हुरीवताससंगै चट्याङ परेर विद्युतको तारमा हाईभोल्टे प्रवाह भएको अवस्थामा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर दुई युवाको मृत्यु भएको अनुमान गरिएको छ ।
प्रकाशित मिति: 2015-03-02 06:13:42