पर्यटक भिसा (प्रवेशाज्ञा) मा नेपाल आएर काम गरेको भन्दै चौतर्फी आलोचना भएपछि ५४ जना उत्तर कोरियाली नागरिकहरु फर्किएका छन। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
उत्तर कोरियाको नाम नाम कम्पनीले उनीहरुलाई एक हाइड्रो पावर कम्पनीको सुरुङ खन्न नेपाल पठाएको थियो। उनीहरु पुस अन्तिममा नेपाल आएका हुन।
पर्यटक भिसाका विदेशीलाइ काम गर्न लगाएको भन्दै सुरक्षा निकायले दवाव दिए पछि सम्म्बन्धित कम्पनीले उनीहरुलाई सिन्धुपाल्चोकबाट फिर्ता बोलाएको थियो।
काठमाडौ फर्किए पछि कामदार भिसाका लागि गृह मन्त्रालय र अध्यामगन विभागमा उनीहरुले लबिङ समेत गरेका थिए।
उनीहरुले पर्यटक भिसालाई परिवर्तन गरी कामदार भिसाका लागि गरेको कसरत असफल भए पछि फर्किएको स्रोतको दावी छ। उनीहरुले गृह मन्त्रालय र अध्यागमन विभागमा भिसा परिवर्तनका लागि ठुलो कसरत गरेको स्रोतले वताएको छ।
सिन्धुपाल्चोकको एक हाइड्रोपावर कम्पनीका लागि ती उत्तर कोरियालीहरुले सुरुङ खन्दै गरेको समाचार अन्नपुर्ण पोष्टले प्रकाशित गरे पछि सुरक्षा निकायहरुले उनीहरुलाइ फिर्ता बोलाउन सम्वन्धीत कम्पनीलाइ आग्रह गरेको थियो।
विमानस्थल अध्यागमनका प्रमुख गोविन्द कार्कीले ती उत्तरकोरियालीहरु फर्किको पुष्टी गरे। पर्यटक भिसामा नेपाल आएका ती कामदारले भिसा परिवर्तनका लागि निकै ठुलो प्रयास गरेका थिए। उनीहरु कामका लागि केही मलेसियामा र केही अफ्रिकी मुलुक गएका छन।
काठमाडौमा ओर्लिए पछि उनीहरुले अध्यागमन अधिकृतसॅग उत्तर कोरियाली दुतावासमा वस्ने भने पनि उनीहरु केही दिनकेा वसाइ पछि सिन्धुपाल्चोक पुगेका थिए। उनीहरुलाई नेपाल स्थित उत्तर कोरियाली दुतावासले संस्थागत रुपमा उनीहरुलाई सुरुङ खन्न जान सहयोग गरेको थियो।
प्रकाशित मिति: 2015-03-01 07:03:50