अनुसन्धानले सफलता पाउन नसके पनि उच्च पदस्थ सरकारी कर्मचारीविरुद्ध अकुत आर्जनको आरोपमा उजुरी पर्ने क्रम बढेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
गत वर्ष मात्रै १ सय ७३ अकुत आर्जनका मुद्धामा निर्णय गरेको अख्तियारले २ वटा बाहेक सबै उजुरी तामेलीमा राखेको छ ।
कमाउनेहरुको चनाखोजन र अख्तियारको चुस्त सूचना संयन्त्रको अभावले केही अपवादबाहेक सबैजसो अनुसन्धान असफल भए अख्तियार स्रोतले भन्याे। स्रोतका अनुसार अकुत आर्जन गरेको भन्दै सचिव र सहसचिव गरी ५० जनाभन्द्या बढीविरुद्ध उजुरी परेको छ ।