प्रधानमन्त्री कार्यालयले नेपाल वायु सेवा निगमले तोकिएकै उडान तालिकाका दिन दिल्ली उडान नभरेको विषयलाई गम्भीरतापूर्वक लिई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई छानविन गर्न निर्देशन दिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
मुख्य सचिव लिलामणी पौड्यालले बुधबारको उडान किन नभएको हो ? कस्को कमजोरी हो ? सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्न निर्देशन दिएका हुन । पर्यटन मन्त्रालयका सहसचिव उमाकान्त पराजुलीका अनुसार, मुख्य सचिवको निर्देशन अनुसार, पर्यटन मन्त्रालयले छानविन समिति गठन गरेको छ ।
पर्यटन मन्त्रालयका सहसचिव साधुराम सापकोटाको संयोजकत्वमा गठन गरिएको छानविन समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । यस समितीमा मन्त्रालयकै प्राविधिक उपसचिव प्रमोद नेपाल सदस्य छन् ।