स्वाइन फलु संक्रमणले थलिएर अस्पतालमा भर्ना हुनेहरुको संख्या बिहीबार तिन जना पुगेको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वावुराम मरासिनिका अनुसार हाल राजधानीमा दुई र भरतपुरमा एक जना अस्पतालमा भर्ना छन । कान्तिपुर दैनिकमा समाचार छ ।
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा स्वाइन परिक्षण गराउन आउनेहरुको संख्या बढदो रहेको अस्पतालका डा.राजेश साहले बताए । विहिवार समेत समेत भ्रमण इतिहास नभएका राजधानीको केहि व्यक्तिमा स्वाइन देखिएको उल्लेख गर्दे डा.साहले अनुसार संक्रमितलाइ परिक्षण पछि टैमी फलु औषधि दिएर पठाइएको बताए ।
हालको स्थितिमा मधुमेह, मुटू, कलेजो, स्नायु सहित दमका रोगी, बुढापाका, पाच वर्ष मुनीका वालवालिका, गर्भवतीहरुलाई स्वाइनको सम्भावित संक्रमण वाट आफूलाई जोगाउनु पर्ने डा.साह बताए ।
उनले मृगौला लगायत अंग प्रत्यारोपपण गराएकाहरुको साथै एचआईभी/एडस भएका वा रोग प्रतिरोधक क्षमता कम भएकाहरूलाई समेत स्वाइन संक्रमण वाट वाच्ने सल्लाह दिए ।
प्रकाशित मिति: 2015-02-27 06:42:14