एमालेमा नेताहरुकाे नोयनन र कार्यविभाजनमाथि छलफल गर्न बिहीबारका लागि तय भएको स्थायी समितिको बैठक स्थगित भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
नेताहरुको कार्यव्यस्थताको कारण देखाउदै बैठक स्थगित भएको हो । स्थायी समितिले बुधबार १० जना पूर्ण केन्द्रीय सदस्य मनोयनयन गरे पनि ५ जना बैकल्पिक केन्दि्रय सदस्य र नेताहरुको कार्यविभाजन टुंग्याउन सकेको थिएन ।
थाती रहेका बिषय टुंग्याउन बिहीबार बैठक बोलाइएको थियो । 'नियमति कार्यक्रमका कारण नेताहरु व्यस्त रहेकाले बैठक नबसकेको हो' स्थायी समिति सदस्य छविलाल विश्वकर्माले भने । सचिवालयले तय गरेपछि केही दिनपछि बैठक बस्नेछ ।