अाजको नागरिक दैनिक लेख्छ, राज्यले तिनको दुःख देखेन, स्थानीय निकाय वा संघसंस्थाहरुले पनि वास्ता गरेनन् । हरेक दिन टायरको ट्युवबाट त्रिशुली नदी तरेर स्कुल पुग्ने चेपाङ किशोरीको जोखिमपूर्ण यात्रा केवल समाचार बनेको थियो । सात समुन्द्रपारि बस्ने एक नेपाली महिलालाई आफ्ना देशका बहिनीहरु यसरी ज्यान जोखिम मोलेर विद्यालय जानुको सकस सहिसक्नु भएन् । अरु केही गर्न नसकेपनि उनले सरिता र राममाया चेपाङलाई दुई थान लाइफ ज्याकेट उपलब्ध गराइदिएको छ ।
गोरखा, भुम्लिचोक-८, हुलडिङबेसीका दुई चेपाङ छात्राको समाचार छापिएपछि अमेरिकाको टेक्सास बस्दै आएकी काठमाडौकी महालक्ष्मी महतले दुईवटा लाइफ ज्याकेट उपलब्ध गराएकी हुन् ।
लाइफ ज्याकेट तीन दुई छात्राको जीवन बचाउने साधनमात्र होइन, विकासका नाममा सहरमा एक किलोमिटर क्षेत्रमा दसौं पुल बनाउने तर गाउँमा एउटा लुइन र झोलुंगे पुलसम्म हाल्न अघि नसर्ने सरकारमाथि व्यंग्य पनि हो । लुइन र झोलुंगे पुल नहुँदा धादिङको मझिमदारस्थित शंखादेवी उच्च मावि आउन बिना सुरक्षा ट्युवमा नदी तर्न बाध्य यी दुई चेपाङ छात्रा सरिता र राममायालाई बिहीबारै लाइफ ज्योकट हस्तान्तरण गरिएको छ ।