इटालीको परराष्ट्र मन्त्रालयबाट हराएका तीनवटा राहदानी काठमाडौंमा भेटिएका छन्। नेपाललाई ट्रान्जिट बनाई युरोपेली मुलुक छिर्न खोज्ने तीन इरानी नागरिकको साथबाट ती राहदानीफेला पारिएको हो। माघ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार जाने क्रममा उनीहरू ती राहदानीसहित पक्राउ परेका हुन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
उनीहरू माघ ४ गते नेपाल आएका थिए। नेपाल आउँदा उनीहरूले इरानी राहदानी नै प्रयोग गरेका थिए। इटालीको परराष्ट्र मन्त्रालयले आफ्ना तीनवटा राहदानी हराएपछि खोजीका लागि विभिन्न मुलुकमा रहेका दूतावासमा पत्राचार गरेको थियो। उसले नेपालस्थित बेलायती दूतावासलाई पनि पत्र लेखेर हराएका राहदानी नम्बरलगायत विवरण पठाएको थियो।