सरकारले आवश्यक पूर्वाधारबिनै नेपाल प्रहरीमा १० हजार जनशक्ति थप्ने तयारी गरेको छ । कारोबार दैनिकमा समाचार छ ।
भएका जनशक्तिलाई चाहिने भौतिक पूर्वाधार ब्यवस्थित नगरी सरकारले मुलुकलाई दीर्घकालिन आर्थिक भार पर्ने गरी ठूलो संख्यामा जनशक्ति थप्न लागेको हो । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार जनशक्ति थप्ने विषयमा समान्य प्रशासन र अर्थ मन्त्रालयसँग छलफल चलिरहेको छ ।