प्रधानमन्त्री सुशील कोइराला दाहिने हातका चोर साहिंली औंलामा औठी लगाउँछन । औठीबारे बुझन खोज्दा उनका प्रेस सहयागीले भने, देशमा के के हुँदैछ, तपाइ औठीको पछि लाग्ने कस्तो पत्रकार ?
पूर्वराजा ज्ञानेन्द्र शाहका दुबै हातका साहिँली औलामा औठी छन् । उनले ज्योतिषको सल्लाहमा औठी लगाएका हुन् ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दुबै हातका साइली औलामा औठी भिर्छन । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि औठीका सौखिन छन् । उनको दाँया हातको साहिँली औलामा औठी लगाएका छन् ।
संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ दाहिने हातको चोर र वाँया हातको माइली औंलामा औठी लगाएका छन् । उनले श्रीमतीको इच्छाले औठी लगाएको बताए ।
तमलोपाका सहअध्यक्ष ह्रदयेश त्रिपाठी सात औलामा औठी लगाउँछन् । विजयकुमार गच्छदार दायाँ हातको माइली औंलामा औंठी लगाएका छन् । उपराष्ट्रपति परमानन्द झा पनि दायाँ हातको साइली औलामा औंठी लगाउँछन ।