म अस्पतालमा अर्धचेत थिएँ, जबसम्म ९सर्कसमा रहेका० मेरा यी छोरी फिर्ता गरिँदैन, तबसम्म अन्नको गेडा खान्न भन्ने थियो। जब मलाई होस आयो, नेपाली आमा कमला त्यहाँ थिइन्। मेरा परिवारलाई थाहा थियो, म सरकार, प्रहरी वा कसैले भनेर पनि एकथोपा पानी खान्नँ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
एउटा गिलास अघि सारेर कमलाले भनिन्, दाजु, मैले भनेको, यो जुस पिउनुस्, यदि तपाईं मर्नुभयो भने मजस्ताको सहारा को बाँकी रहन्छरु उनको आँखाबाट आँसु खसिरहेको थियो। मैले मेसिनजसरी त्यो जुस पिएँ।
बचपन बचाओ अभियानका अगुवा नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थी शुक्रबार संविधानसभामा संसद् सदस्य र पत्रकारहरूलाई अनुभव बाँड्दै थिए। दस वर्षअघि भारतीय सर्कसबाट नेपाली बालबालिका मुक्त गराउने अभियानमा लाग्दाको अनुभव उनले सुनाउँदा हलका सबै भावुक बने।
सन् २००४ मा सर्कसमा फसेका नेपाली बालबालिकाका बुबाआमा सत्यार्थीलाई भेट्न दिल्ली पुगेका थिए। गएकामध्ये एउटी आमाले भन्नुभयो, हामीसँग कुनै आशा बाँकी छैन। म दुई बाख्रा, एउटा गाई र भाँडाकुँडा बेचेर दिल्ली आएकी हुँ, म फिर्ता गएँ भने भोकै मर्छु, छोरी उद्दार गर्ने सपना पनि पूरा हुँदैन।
सत्यार्थी भन्दै गए, इन्डिया सर्कसको मालिकले बन्दुक मेरो टाउकोमा राख्यो। नेपाली आमा बाहिर रोइरहेकी थिइन्। उनको हृदयविदारक आवाज सुन्ने कोही थिएन। एकजना बुबालाई टाउकोमा हानेर रगत निकाल्यो।
पुलिसले भन्यो( हेर, यो ुआजतकु च्यानलले खिचिरहेको छ, तिमी प्रमाण दिइरहेका छौ। ऊ झनै रिसाएर करायो, यिनीहरूलाई ठोक। मार पिटाइपछि हामीलाई रगतपच्छे पारेर सडकमा छाड्यो।
सर्कसबाट छुटाइएका बालबालिकाहरू दिल्लीस्थित मुक्ति आश्रमुमा थिए। त्यहाँ सर्कसबाट छुटेकी १५ वर्षकी नेपाली बच्ची भावना पनि थिई। भावना कोही पनि मान्छे देख्न चाहन्नथी।
आमा विश्वमाया उसलाई सत्यार्थीतिर देखाएर भन्दै थिइन्, हेर, यो मान्छे तिम्रा लागि देवता बनेर आएको छ। भावना बोलिन। सत्यार्थी बच्चाहरू लाई सम्झाइरहेका थिए, अब तिमीहरू मुक्त भयौ, पढ्नुपर्छ। पढाइ सबै कुराको आधार हो।
भावना पछाडिबाट बिस्तारै अगाडि आई र सत्यार्थीसँग टाँसिई। सत्यार्थीको काँधमा हात राखेर भनी, तपाईं सम्झाउँदै हुनुहुन्छ, यी सबै स्कुल जाऊन्र १५ वर्षकी भावनाले कयौंपटक गर्भपात गरिसकेकी थिई। उसले सत्यार्थीको काँधमा हात राखेर सोधी, के म अझै बच्ची हुँरु म बच्ची हैन।
सत्यार्थीले भने, छोरी तिमी अझै बच्ची त हौ नि, १५ वर्षकी भयौ। स्कुल जान सक्छ्यौ। जे पनि गर्न सक्छ्यौ। म पनि नेपालका साथीहरूसँग मिलेर कोसिस गर्छु।उसले भनी, मेरा बुबा सानै छँदा मरिसके, तपाईं नै मेरो बुबा हो। उसले रोएर बुबा भनेको सत्यार्थी अझै सम्झन्छन्।