उपराष्ट्रपति परमानन्द झाको स्वकिय सचिवालयमा नातेदारबाटै भरिएको छ । राजधानी दैनिकमा समाचार छ ।
राजनीतिक पृष्ठभुमि नरहेका झाले परिवारका चार सदस्यलाई उपल्लो तहको सुविधा पाउने गरी आफ्नो सचिवालयमा भर्ती गरेका छन् । झाले आफ्ना छोरा कृष्णप्रसाद झालाई प्रमुख स्वकिय सचिव बनाएका छन् । त्यस्तै भतिजा देवानन्द झा सहसचिवमा कार्यरत छन् ।
उपराष्ट्रपतिले बुहारीले श्यामली झालाई पनि सहसचिवको सुविधा लिने गरी नियुक्त गरेका छन् । केहि समय छोरी ज्योति झा पनि स्वकिय सचिवालयमै थिइृन तर पछिल्लो समय संयुक्त राष्ट्र संघको प्रोजेक्टमा काम गर्न थालेपछि छाडेकी छिन् ।
प्रधानमन्त्री सुशील कोइरालाले पनि स्वकिय सचिवालयमा भतिज अतुल कोइराला, स्वकिय सचिवमा भान्जा रमेश भण्डारी, मृदुला कोइराला लगायतका नियुक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयमा रहेकी प्रभा कोइराला पनि उनको भान्जी हुन ।
अर्थमन्त्री रामशहरण महतले पनि आफ्नो स्वकिय सचिवमा भतिजा रमेश महतलाई नियुक्त गरेका छन् । शिक्षामन्त्री चित्रलेखा यादवले पनि आफ्नै नातेदार श्रीकृष्ण यादवलाई सचिवालयमा नियुक्त गरेकी छिन् । गृहमन्त्री वामदेव गौतमले पनि छोरा हरीश गौतमलाई स्वकिय सचिवमा नियुक्त गरेका छन् ।
भुमिसुधारमन्त्री दल बहादुर राना, सिंचाइमन्त्री एनपी साउद लगायतकाले पनि नातेदार मात्रै सचिवालयमा नियुक्त गरेका छन् ।