जन्मजात मलद्वारविहीन रुपन्देहीकी नौमहिने बालिका लोकमाया सुनारको पहिलो शल्यक्रिया सफल भएको छ । बसुन्धरास्थित ग्रिननसिटी हस्पिटलमा प्याडियाट्रिक सर्जन डा.गेहराज दाहाल नेतृत्वको टोलीले बुधबार बिहान दुई घन्टा लगाएर बालिकाको शल्यक्रिया गरेको आजको नयाँ पत्रिकामा खबर छ ।
टोलीले बालिकाको तल्लोपेटको देब्रेपट्टिीबाट प्वाल पारी पाइपबाट दिसा गर्ने बाटो खुलाएको हो । बुधबार बेलुकीबाट बालिकाले सोही पाइपबाट दिसा गर्न थालेकी छिन् । रुपन्देशी शीतनगरकी उजेली सुनारले १७ असोज ०६९मा जन्माएकी दोस्री छोरी लोकमायाको जन्मदै मलद्धार थिएन । परिवारले मलद्धार नभएको तीन दिनपछि मात्रै थाहा पाएका थिए ।