इजरायल कामदार पठाउन बन्द भएपछि म्यानपावर कम्पनीको ५० करोड रुपैयाँ डुवेको छ । पठाउने कम्पनी र जान चाहने कामदारको गरी करिब ५० करोड रुपैयाँ फसेको सम्बद्ध व्यसायीले जानकारी दिएको आजको अन्नपूर्णमा खबर छ ।
जाने तयारी गरिरहेका कामदारको डुबेको रकमको दायित्वसमेत म्यानपावर कम्पनीले नै व्यहोर्नुपर्ने हुन्छ । इजरायल महिला कामदारका लागि वैदेशिक रोजगारको आकर्षक गन्तव्य हो ।
म्यानपावर कम्पनीले कामदारसँग आवश्यकताभन्दा दशौं गुणा बढी रकम असुलेको आरोपमा इजरायल सरकारले चार बर्षअघि नेपाली कामदार लिन रोकेको हो । इजरायलले पूर्व सूचनाबिना एकाएक कामदार लिन बन्द गरेपछि पाइपलाइनमा रहेका कामदारको करोडौं रुपैयाँ डुबेको हो ।
इजरायल सरकारले कामदार लिन बन्द गरेको जानकारी दिएको समयमा सात सयजना कामदार पापलाइनमा थिए । प्रत्येक कामदारले सरदरमा डेढलाखदेखि साढे दुईलाख रुपैयाँ खर्च गरेका थिए भने म्यानपावर कम्पनीको पनि सोही हाराहारीमा लगानी भएको थियो ।
इजरायलस्थित विभिन्न तहमा रहेका एजेन्टलाई डिमान्ड उपलब्ध गराएवापत कमिसन स्वरुप यहाँका म्यानपावर कम्पनिले ३० देखि ५० प्रतिशतसम्म रकम कमिसनबापत अग्रिम भुक्तानी गरेका थिए । करिब ४० वटा कम्पनी इजरायल कामदार पठाउने गरेका थिए । त्यसमध्ये १३ कम्पनीको सरदरमा चार करोड रुपैयाँ फसेको छ ।