३५ अर्ब लगानीमा लामाबगरमा निर्माणाधिन ४ सय ५६ मेगावाटको बहुचर्चित माथिल्लो तामाकोशी जलबिद्युत आयोजना अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रले समेत छानबिन थालेको आजको नागरिकमा खबर छ।
भौतिक संरचना निर्माण कमसल भएको सामाजिक विकास तथा वातावरणका लागि छुट्याइएको रकममा अनियमितता भएको भन्दै ती निकायमा परेको उजुरीको आधारमा छानबिन भइरहेको बताइएको छ।
अख्तियारले आयोजनाका दुई अधिकारीहरूको बैक खाता र लकर नेपाल राष्ट्रबैंक मार्फत बन्द गराई छानबिन अघि बढाएको छ।
साताअघि राजधानीबाटआएको राष्ट्रिय सतर्ककता केन्द्रको टोलीले आयोजनाको कामबारे अनुसन्धान गरेको थियो।