डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छ? गर्नुहुन्छ भने सतर्क रहनुहोला। नेपालसहित विश्वभर सक्रिय अन्र्तराष्ट्रिय आपराधिक गिरोह तथा ह्याकर र चिनजानकै मानिसले तपाईँको खाता अनधिकृत रुपमा चलाईराखेको हुनसक्छन्।
आजको कारोबार दैनिकमा समाचार छ, त्यस्ता शंकास्पद व्यक्तिले ‘डेबिट\क्रेडिट कार्ड अकाउण्ट’बाट रकम तथा अनधिकृत वस्तु÷सेवा खरिद गरेर तपाईँलाई ठगीरहेका पनि हुन्छन्।
केही दिन टर्किस नागरिक मेहमत गुलेन नेपालबाट पक्राउ भएपछि नेपालसहित विभिन्न मुलुकका बैंक÷वित्तीय संस्थाले जारी गरेका क्रेडिट/डेबिटकार्ड खाता असुरक्षित बनेका छन्।