अन्नपूर्ण फेरोको पदयात्रामा गएका पर्यटकलाई माैसमी जानकारी दिन मुस्ताङको मुक्तिनाथ र मनाङको माथिल्लो मनाङ गाउँमा ‘चेकपोष्ट’ स्थापना गरिएको छ।
आजको नागरिक दैनिकमा समाचार छ, एक महिनाअघि हिमाली क्षेत्रको हिमपातले ठूलो मानवीय क्षति भोग्नुपरेकाले पर्यटकको सुरक्षालाई ध्यानमा राखी मौसमी विवरण उपलब्ध गराउने व्यवस्था मिलाइएको हो।
मनाङ र मुक्तिनाथ मन्दिरनजिकै अघिल्लो सातादेखि चेकपोष्ट सञ्चालनमा ल्याइएको अन्नपूर्ण संरषण क्षेत्र आयोजना(एक्याप)का निर्देशक लालप्रसाद गुरुङले बताए।