विभिन्न पार्टीका किराती नेताहरूले पहिचानसहित संघीयता सुनिश्चित गर्दै किरात प्रदेश निर्माणका लागि आन्दोलन गर्ने तयारी अघि बढाएको छ।
आजको नेपाल समाचारपत्रमा समाचार छ, किरात राई यायोक्खाले बिहीवार कोटेश्वरमा एक कार्यक्रमको आयोजना गरी आन्दोलन अघि बढाउन एकीकृत नेकपा माओवादी नेता गोपाल किरातीको संयोजकत्वमा ‘किरात राज्य संघर्ष समिति’ गठन गरेको छ।
त्यस्तै संघीय समाजवादी पार्टी अध्यक्ष अशोक राईको संयोजकत्वमा किरा राज्य निर्माण वार्ता समिति पनि बनाइएको छ।