मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी(एफडीआई) भित्र्याउने दोस्रो ठूलो राष्ट्र चीनसँगको द्विपक्षीय लगानी प्रवद्धन तथा संरक्षण सम्झौता(बिप्पा) का सबै प्रक्रिया मंसिर भित्रै टुंग्याउने गरी उद्योग मन्त्रालयले काम सुरू गरेको खबर आजको कान्तिपुरमा छापिएको छ।
मस्यौदामाथिको छलफल, सम्बन्धित मन्त्रालयहरूबीच सैद्धान्तिक सहमति, राजनीतिक सहमति र परराष्ट्र मन्त्रालय हँदै सम्झौताका लागि चीनसँगको मस्यौदासहितको प्रस्ताव पेस गर्ने काम मंसिरभित्र टुंग्याउने निर्णय गरी मन्त्रालयले काम सुरू गरेको छ।
उपसचिव विष्णु ढकालका अनुसार मन्त्रालयले तिब्र गतिमा सम्पन्न गर्नुपर्ने कामहरूमा चीनसँगको बिप्पा प्रस्ताव पनि परेको छ।'मन्त्रालयमा मंसिरभित्र यसका सबै प्रक्रिया टुंग्याउने कार्यतालिका तय भएको छ,' उनले भने,' त्यसलगत्तै मस्यौदा मन्त्रालय हुँदै चीनलाई पठाइन्छ। उताबाट तुरून्त जवाफ आए सम्झौताका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाएर अनुमोदन गराउने तयारी हो।'