भारतका उच्चपदस्थ अधिकारीले नेपालमा संघीय संरचना निर्माण गर्दा धेरै प्रदेश नबनाउन राष्ट्रपति रामवरण यादव र दलका शीर्ष नेताहरूलाई सुझाव दिएका छन्।
आजको अन्नपूर्ण दैनिकमा समाचार छ, ट्रमा सेन्टर उद्घाटन समारोहमा नेपालको संविधान निर्माणबारे खुलेरै सल्लाह दिएर विवादमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्कका औपचारिक कार्यक्रममा व्यस्त रहँदा, उनीसँग आएका उच्चपदस्थ भारतीय अधिकारीले नेपालमा कस्तो संघीयता बनाउने भन्नेबारेमा छलफल गर्दै भारत सरकारको धारणा राखेका हुन्।
भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले बिहीवार बिहान राष्ट्रपति रामवरण यादव र मध्यान्ह कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासँग भेटेर यसरबारे विचारविमर्श गरेका थिए।