तस्विरः पिजे क्लब
१८ औ सार्क शिखर सम्मेलनमा आएका सरकार प्रमुखका 'प्रथम महिला'हरू बिहीबार भक्तपुर घुम्न जाँदैछन्। उनीहरू बिहान ९:४५ बजे सोल्टी होटलबाट निस्कने कार्यक्रम छ। १० बजे भक्तपुर पुग्ने उनीहरूलाई परराष्ट्र मन्त्रालयकी सह-सचिव अम्बिकादेवी लुइँटेलको टोलीले स्वागत गर्नेछ।
नेपालकी प्रथम महिला सुजाता कोइराला, संविधानसभामा भक्तपुरबाट निर्वाचित भएका सभासद, भक्तपुरका प्रमुख जिल्ला अधिकारी,स्थानीय विकास अधिकारी, जिल्ला विकास कमिटिका पदाधिकारीले पनि पाहुनालाई स्वागत गर्ने कार्यक्रम रहेको आजको कान्तिपुरमा खबर छापिएको छ।
प्रथम महिलाहरूले भक्तपुर दरबारस्क्वायर र संग्रहालय भ्रमण गर्नेछन्।