सार्क सुरक्षामा खटिएका प्रहरी भोकभोकै १५ घन्टासम्म ड्युटीमा खटिएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
बिहान करिव ६ बजे खाजा खाएर ड्युटीमा खटाइएका प्रहरीलाई दिउँसो खाजा खाने व्यवस्थासमेत गरिएको थिएन ।
सुरक्षामा सडकमा परिचालन गरिएका कतिपय प्रहरी बिहान ६ बजेदेखि साँझ ९ बजेसम्म खटिएका थिए ।
लामो समय भोकभोकै ड्युटी गर्नुपरेको उनीहरुको गुनासो थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश आर्चायले भने ड्युटीमा खटिएका प्रहरीलाई खाजाको व्यवस्था गरेको दाबी गरे ।