सरकारले सार्क सम्मेलनमा सुरक्षमा नेपाली सेना,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानमा विभागको २६ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालिन गरेको छ ।बलियो सुरक्षा ब्यवस्था गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ । सम्मेलन अजधिभर कुनै अप्रिय घटना हुन नदिने जिम्मेवारी लिएका निकायहरुले संयूक्त काम गरिरहेको गृह प्रवक्ता लक्ष्मी प्रसाद ढकालले बताए ।
राजधानी छिर्ने ४ वटै मुख्य नाकाहरु काठमाडौंको नागढुंगा, बालाजु माथीको तिनपिप्ले, फर्पिङ र भक्तपुरको जगातीमा नियमित चेकजाचको काम गरिरहेको छ । मोटसाईकल, सार्वजानिक भाडाका साधनहरु, ट्रकहरुको चेकिङ गरिरहेको छ । साथै ति नाकाहरुमा सिसिटिभी क्यामरा जडान गरिएको छ ।
सशस्त्र प्रहरी बल र नेपाली सेनाले पैदल गस्ती सुरु गरिसकेका छन् । कम्तीमा १५ जनाको समुह बनाएर राजधानीका गल्लीहरुमा यि सैन्य र अर्ध सैन्य बलको टोली हिडीरहेको भेटिन्छ । नेपाल प्रहरी र गुप्तचर बिभागको टोली सादा पोशाकमा शंकास्पद क्षेत्रहरुमा गएर सुचना संकलन गर्ने र शंकास्पद देखिने ब्यक्तिहरुको सुचना संकलन गरिरहेका छन् । त्यसका साथै सार्कमा शहर सुन्दर पार्न सरकारले रङ लगाएका भित्तामा राती वा सुरक्षा निकायको आखां छलेर कसैले केहि लेख्न नदिन र पोष्टर टांस्न नदिन समेत सुरक्षा हेरिरहेको छ ।