उच्च माध्यमिक शिक्षा परिषदले गठन गरेको आचारसंहिता कार्यान्वयन अनुगमन समितिको निर्देशन वेवास्था गर्दै परिषदको मध्यमाञ्चल कार्यालयले बद्मासी गर्ने उच्चमावीको पूर्ण विवरण पेस गर्न अटेर गरेको आजको नेपाल समाचारपत्रमा खबर छ।
परिषद्ले आचारसंहिता उल्लंघन गर्ने उमाविसँग स्पष्टीकरण माग गरेको ५ दिनपछि अपुरो विवरण पेस गरेको उक्त कार्यालयलाई दुई दिन भित्र पूर्ण विवरण पेस गर्न निर्देशन दिएको छ।
समितिले सो कार्यालयका प्रमुख जंगबहादुर अर्याललाई आचारसंहिता उल्लंघन गरेका उमाविलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा रायसहित पेश गर्न निर्देशन दिएको थियो। प्रमुख अर्यालले उक्त निर्देशनको बेवास्था गरेपछि दुई दिन भित्र पुनः विवण पेस गर्न निर्देशन दिएको हो।
अनुगमन समितिको बैठकपछि पुगेका अर्यालले विद्यार्थी संगठनसँग वार्ता भएको कारण आउन ढिला भएको बताएका थिए। उनले स्पष्टीकरण सोधीएका १७ कलेजले पठाएको जस्ताको तस्तै विवरण लिएर बैठकमा आएका थिए। बैठकमा आचारसंहिता उल्लंघन गरेका २९ उच्चमाविमध्ये १२ वटाले स्पष्टीकरण नपाठाएको विषयमा सो कार्यालयले पुनः स्पष्टीकरण सोधेको छैन।