वन र वन्यजन्तुसम्बन्धी अपराध अनुसन्धान र सजाय तोक्ने अधिकार पाएको जिल्ला वन कार्यालयका अधिकारीले नै ठूला तस्करलाई जोगाएको तथ्य खुलेको छ । पक्राउ परेका सहयोगीको बयानबाट मुख्य कारोबारी पुष्टि भएका लोडु डिमेलाई जिल्ला वन नुवाकोटका अधिकृत प्रम खनालले पक्राउ ने नगरी शुक्रबार सामान्य जरिवानामा छाडेको आजको नागरिकमा खबर छ ।
खनालको एकल इजलासले फरार डिमेलाई एक लाख रुपैयाँ जरिवाना तोकको हो । पुनरावेदन अदालत र सम्पत्ति शुद्धीकरण विभागले हिरासतमा राख्न निर्देशन दिएको डिमेकी श्रीमती डिकी छिरिङलाई समेत उनले ८० हजार धरौटीमा मुक्त गरेका छन् । प्रहरीले काठमाडौं बौद्धस्थित डिमेको घरमा छापा मार्दा वन्यजन्तुका अंगका भण्डार नै फेला परेको थियो ।
खनालले शुक्रबार एकल इजलासबाट सवारी चालक नकुल तामाङलाई एक लाख रुपैयाँ जरिमानामा छोड्दै सवारीधनी ुकबहादुर तामाङलाई ९ वर्ष कैद र ६० हजार रुपैयाँ जरिमानाको पैसला सुनाए ।बाघको छाला, हड्डी, अन्य बन्यजन्तुको अंगलगायत दर्जनौ अवैध बस्तुका मुख्य तस्कर डिमेलाई अनुसन्धान प्रक्रिया नटुङ्गीदै हताहतारमा छाडिएको घटना विवरणले पृष्टी गरेको छ ।