लोकप्रिय बनेको समाजिक सञ्जाल फेसबुकले साइबर क्राइम बढेको छ । पछिल्लो एक वर्षमा काठमाडौं उपत्यकामा फेसबुकसम्बन्धी ५८ वटा उजुरुी परेका छन् । महानगरीय प्रहरी अपराध महाशाका अनुसार साइबर क्राइममध्ये फेसबुकसम्बन्धी उजुरी बढ्दै गएका छन् । साउन २०६९ यता महाशाखामा साइबर क्राइमसम्बन्धी ७० वटा उजुरी परेका थिए । त्यसमध्ये ५८ वटा फेसबुक सम्बन्धी उजुरी छन् । ५७ वटा घटनालाई प्रहरीले छलफलका क्रममा मिलाएको छ भने एकजनालाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गरेको छ ।
फेसबुकबाट विभिन्न व्यक्तिको चरित्रहत्या हुने किसिमका सामाग्री पोस्ट गर्ने, अस्लील फोटो ट्याग दगर्ने, नक्कली फेसबुक अकाउन्ट बनाउनेजस्ता उजुरी महाशाखामा परेका छन् ।दुई साता अघिमात्र माओवादी नेतृ पम्फा भुसाललाई फेसबुकमा अश्लिल गाली गर्ने काभ्रेका धबनाथ सापकोटालाई पक्राउ गरि कारबाही अगाडि बढाएको छ। आजको नयाँ पत्रिकामा खबर छ ।