प्रमुख राजनीतिक दल नयाँ संविधानका अन्तरबस्तुमा रहेका विवाद समेटेर संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाउन तयार भएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
संविधानसभाले दिएको म्यादभित्र संविधानका अन्तरवस्तुमा सहमति जुटाउन र प्रक्रियामा लैजाने प्रश्नावली बनाउन समिति असफल भएपनि शनिबार प्रमुख दल बैठकले सहमति जुटेका र नजुटेका सबै विवादीत विषय संविधानसभामा प्रतिवेदन पठाउने समझदारी बनेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङसहित कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको बैठकले सहमति जुटन नसकेका विषयमा राजनीतिक दलहरुले समितिमा राखेका सबै धारणा जस्ताको त्यस्तै पठाउने सहमति गरेका हुने ।