जनकपुर रहेको गृहसचिवसहितको उच्च सुरक्षा टोलीले बाह्रविघा मैदानमै मोदीको कार्यक्रम गर्ने निर्णय गरेको छ।
मञ्च निर्माण गर्न उद्योग बाणिज्य महासंघ जनकपुरलाई जिम्मा दिने निर्णय भएको छ।
महासंघका अध्यक्षको नेतृत्वमा बनाइएको उपभोक्ता समितिमार्फत पाँचलाख रुपैंयामा मञ्च निर्माण गर्ने ठेक्का दिइएको छ।
मैदानमा शुक्रबार नै सर्वसाधारणलाई प्रवेश निधेष गरिएको छ। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसमेत गरेर तीन हजारभन्दा बढीको फौज जनकपुर क्षेत्रमा परिचालन गरिएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।