काठमाडौं मंसिर ६ भारतका प्रधानमन्त्री राजधानी बाहिरका सबै कार्यक्रम रद्द गरेको विषयमा प्रधानमन्त्री सुशील कोइरालाले भारतीय पक्षसँग कुरा गरेपछि नेपाल सरकारले उनको स्वागतका लागि जनकपुरको बाह्रबिघा मैदानमा मञ्च निर्माण सुरु गरेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
हामीले भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमण कायम राख्न अनुरोध गरेका छौ र बाह्रबिघामा कार्यक्रम गर्ने तयारी गरेका छौ,सरकारका तर्फबाट जनकपुरमा मोदीको स्वागतको जिम्मा पाएका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले भने।
प्रधानमन्त्री कोइरालाका प्रेससंयोजक प्रकाश अधिकारीले पनि मोदीको राजधानी बाहिरको भ्रमण कार्यम राख्न प्रधानमन्त्रीले पहल थालेको जानकारी दिए। विज्ञप्तिमार्फत नै मोदीको भ्रमण रद्द भएको बताएका मन्त्री निधिमाथि कूटनीतिक व्यवहार प्रदर्शन गर्न नसकेकफ आरोफ सत्तासाझेदर दल एमालेले लगाएको छ। मन्त्री निधिले भने एमाले नेतृत्वकै परराष्ट्र मन्त्रालयबाट आएको जानकारीका आधारमा आफूले विज्ञप्ति प्रकाशित गरेको बताउँदै दोष आफूलाईमात्र लागेको गुनासो गरेका छन्।
काग्रेसका मन्त्रीले गृहमन्त्री वामदेव गौतम र परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले यसअघि बाह्रबिघामा कार्यक्रम गर्न दिन अस्वीकार गरेका कारण जानकी ममन्दिरमै मोदीको अभिनन्दन गर्ने तय गर्नुपर्दा उत्पन्न भएको द्वविधाले वातारण खल्बल्याएको आरोप लगाएका छन्।
तर शुक्रबार प्रधानमन्त्रीकै स्तरमा मोदी भ्रमण गराउने प्रयास थालिएपछि गृहमन्त्री र परराष्ट्रमन्त्री पनि बाह्रबिघामै कार्यक्रम गर्न राजी भउका हुन्। नेपाली पक्षको प्रयासप्रति भारतीय पक्षले सकारात्मक हुँदै शनिबार बिहानसम्म टुंगोमा पुग्ने जनाउ दिएको छ।
परराष्ट्र मन्त्रालयको भारत शाखा हेर्ने डस्क प्रमुख सहसचिव अमृत कुमार राईले दिएको जानकारी र भारतीय दूतावासका डीसिएम पीयूष श्रीवास्तवको सूचनापछि बिहीबार मोदीको भ्रमण रद्द भएको भन्दै उनको स्वागतकमो जिम्मा पाएका मन्त्री निधिले वक्तव्य जारी गरेर दुस्खद प्रकट गरेका थिए। सुरक्षा तयारी बुझ्न जनकपुर पुगेका गृहसचिव सूर्य सिलवाल, नेपाल प्रहरी,सशस्त्र प्रहरी र गुप्तचरविभागका प्रमुखहरुसंगै बसेका धनुषाका प्रजिअ कृष्णप्रसाद ढुंगानालाई राईले फोन गरी मोदी भ्रमण रद्द भएको जानकारी गाराएका थिए।
त्यसपछि सिलवालले परराष्ट्रका निमित्त सहचिव शंकरदास बैरागीलगायतसँग रद्द हुनुको कारणबारे जिज्ञासा राखेका थिए। सुरक्षा टोलीले मोदी भ्रमणको तयारीमा लागेका रुपन्देही र मुस्ताल्लका प्रजिअलाई फोन गरी भ्रमण रद्द भएको जानकारी गराएको बताएका थिए।
मोदीको सुरक्षामा खटिने भारतीय सुरक्षाकर्मीको टोलीले जनकपुरमै पुगेर सुरक्षास्थितिबारे जानकारी लिइसकेको र नेपाली सुरक्षाकर्मीले पनि नेपाल वस्तुस्थिति अध्ययन गरिसकेको अवस्थामा राईले दिएको रद्द सम्बन्धी सूचना लिखितमै नआउनुको कारण सुरक्षा प्रमुखहरुले खोजेका थिए ।
प्रकाशित मिति: 2014-11-22 07:18:37