दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औं शिखर सम्मेलनमा दुई अर्ब रुपैयाँभन्दा बढी खर्च हुने भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । पाहुनाको सत्कार,सुरक्षा,सवारीसाधन,प्रचार–प्रसार,झन्डा,सम्मेलनस्थल सुधार र सडक मर्मतमा रकम खर्च भइरहेको छ । आयोजक राष्ट्र भएकाले सार्कमा भएको सम्पूर्ण खर्च नेपालले व्यहोर्नुपर्नेछ । सार्कको खर्च २ अर्ब २५ करोडसम्म पुग्ने अर्थमन्त्रालयको अनुमान छ ।
अर्थ मन्त्रालयका प्रबक्ता कृष्णप्रसाद देबकोटाले सार्क सम्मेलनको खर्च दुई अर्ब नाघ्ने बताए । ‘मन्त्रालयमा माग भएको रकमको आधारमा सम्मेलनको खर्च दुई अर्ब रुपैयाँभन्दा बढी हुने देखिएको छ’,उनले भने ।
चालू आर्थिक वर्षको बजेटमा सार्क शिखर सम्मेलनका लागि २ अर्ब रुपैयाँ बिनियोजन भएको थियो । विनियोजित रकम सबै आन्तरिक स्रोतबाट ब्यहोरिने अर्थ मन्त्रालयले जनाएको छ । सरकारले सम्मेलनको तयारीका लागि करोडौं रुपैयाँ खर्च गरिरहेको छ ।