श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोली अन्योलका बीच दम्बुलाबाट शनिबार कोलम्बो जाने भएको छ । शुक्रबार हुने भनिएको ट्वान्टी २० अन्तर्राष्ट्रिय म्याच वर्षाले फेरी रब गरेपछि द
कोलम्बोको आर्मी मैदानमा आइतबार ५० ओभरको खेल र सोमबार पी। सारा स्टेडियममा हङकङसँग ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल खेल्नेछ।
बुधबार, बिहीबार र शुक्रबारसमेतको ट्वान्टी २० खेल वर्षाले हुन नदिएपछि एसिसीले नयाँ खेल तालिका प्रस्ताव गरेको हो।
निर्धारित तालिकाअनुसार नेपालले हङकङसँग शनिबार दम्बुलामा ट्वान्टी २० अन्तर्राष्ट्रिय र कुरुनेगालामा ५० ओभरको खेल खेल्ने कार्यक्रम थियो। तर दम्बुलामा नियमित वर्षा भइरहेको र थप वर्षा हुने पूर्वानुमानले गर्दा खेल कोलम्बो सारिएको हो। नागरिक दैनिकमा समाचार छ ।