सार्क सम्मेलनमा सहभागी हुन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षाको कारण देखाउँदै काठमाडौंबाहिर जनकपुर, लुम्बनी र मुक्तिनाथका कार्यक्रम रद्द गरेका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । सडकमार्ग हुँदै जनकपुर आएर सार्वजनिक सम्बोधन गर्ने कार्यक्रम बनाएका मोदी अब सीधै नयाँदिल्लीबाट काठमाडौं ओर्लनेछन्।
रामजानकी मन्दिर दर्शनपछि सार्वजनिक स बोधन र स्कुलका बालिकालाई केही हजार थान साइकलसमेत बाँड्ने मोदीको योजना कूटनीतिक मर्यादाविपरीत हुने भन्दै विवादित बनेको थियो। मोदीको सार्वजनिक सम्बोधनका कारण सरकारले समेत असहज महसुस गरेको स्रोतहरूले बताएका थिए।
जनकपुरमा मोदीको स्वागत गर्ने जिम्मा पाएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले सुरक्षाको कारण देखाउँदै उनको भ्रमण रद्द भएको बताए। सरकारले मोदीलाई जानकी मन्दिर प्रांगणमा स्वागत गर्ने कार्यक्रम थियोु, मन्त्री निधिले भने, सरकारको व्यवस्थापनमाथि एमाओवादी र मधेसवादी दल सम्मिलित २२ दलीय मोर्चाले प्रश्न उठाएपछि सुरक्षाकै कारण भ्रमण रद्द भयो।