अहेवले हेल्चेक्राईं गरी कार्यालय सहायकलाई उपचार गर्न लगाउँदा खोटाङमा दुईजनाको ज्यान गएको छ भने एकजना अपाङ्ग भएका छन् । उपस्वासथ्यचौकी मात्तिमका अहेव गगनदेव शाहले कार्यालय सहयोगी सुमन ढकाललाई बिरामी उपचारको जिम्मा लगाएपछि दुई जनाको ज्यान गएको आजको नयाँ पत्रिकामा खबर छ ।
अहेबले बिरामी जाँच नगर्दा मात्तिम ९ का भगतलाल चौलागाईकी डेढ वर्षीया छोरी पवित्रा र वडा नम्बर ८ की रत्नकुमारी चाहाराको १४ वषीइ छोरा बबिनको ज्यान गएको हो । मात्तिम ९ की सन्तकला राईको सात वर्षीय छोरा कृष्ण अपाङ्ग भएका छन् ।
चौलागाईको १४ असार र चाहारको २६ जेठमा मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । चौलागाई पकाएको खोलेको भाँडोमा परेर घाइते भएका थिए । उनलाई असार १४ गते स्वास्थ्यचौकी भर्ना गरिएको थियो । चाहारलाई नियोमिया भएपछि जेठ १९मा भर्ना गरिएको थियो ।