आर्थिक वर्ष सकिनै लाग्दा अर्थ मन्त्रालयले बजेट सक्न नयाँ गाडी किन्न लागेको रहस्य खुलेको छ। मन्त्रालयले तीन करोड रुपैयाँभन्दा बढी खर्च गरी नौवटा गाडी नयाँ गाडी किन्न लागेको आजको नयाँ पत्रिकामा खबर छ। अन्य सरकारी कार्यालयलाई गाडी खरिदलगायतमा फजुल खर्च रोक्न अर्थ मन्त्रालय आफैले पर्याप्त गाडी किन्न लागेको हो। आफ्नो मन्त्रालयमा छुट्याएको विकास (पुँजीगत) खर्च देखाउन मन्त्रालयले गाडी किन्न लागेको हो।
भक्सावान गाडी किन्न मन्त्रालयले 'स्पेसिकेसन' तयार गरिसकेको छ। अर्थ सचिव शान्तराज सुवेदीले गाडी किन्ने निर्णय स्वीकृत गरीसकेका छन्। अर्थ मन्त्रालयका प्रवक्ता सहसचिव जन्मजय रेग्मीले नयाँ गाडी खरीदका लागि टेन्डर स्वीकृत गरी आपूर्तिकर्तालाई आदेश दिइसकेको जानकारी दिए।