तिब्बती मुद्दाका कारण नेपालको सार्वभौमसत्ता कसरी खतरामा परेको छ भन्ने तथ्य विकिलिक्सले सार्वजनिक गरेको एउटा केवलमा उल्लेख छ। विकिलिक्सले सन् २०१० फेब्रुअरी ११मा सार्वजनिक गरेको एउटा केवलमा नेपाल तिब्बत सिमामा ६ हजार तिब्बती भारतीय सेना रहेको उल्लेख छ।
नयाँ दिल्लीस्थित अमेरीकी दुतावासले धर्मशाालामा तिब्बती नेताहरूसँग गरेको छलफलका आधारमा केबल वासिङ्टन डीसी पठाएको आजको अन्नपूर्ण पोष्टमा खबर छ।
तत्कालिन अमेरीकी राजदुत टिमोथी जोन रोएमरले तिब्बती निर्बासित संसद सदस्य तथा भ्वाइस अफ द तिब्बत रेडीयोका सम्पादक कर्मा यसीलाई उद्धृत गर्दै लेखेको छन् ,' अहिले भारीय सेना अन्तर्गत करिब ६ हजार तिब्बती नेपाल–तिब्बत सिमामा कार्यरत छन्।'
'स्टाब्लिसमेन्ट २२' नाम दिइएको भारतीय सेना अन्गर्तत तिब्बती सम्मिलीत संरचना चीनमा र्भको असफल बिद्रोहपछि सन् १९६२मा स्थापना भएको थियो। यो संरचना अन्तर्गत ३० हजार बढी तिब्बतीलाई तालिम दिइसकेको छ।