आवश्यकभन्दा बढी जनशक्तिका कारण संस्था आर्थिक बोझमा परेको भन्दै केही समयअघि अनिवार्य अवकाश योजना ल्याएको साझा प्रकाशन अहिले आफन्त भर्ती गर्ने अखडा बन्न पुगेको आजको अन्नपूर्णमा खबर छ। साझाले ५ वर्षअघि कर्मचरी कटौटी गर्न अवकास योजना ल्याएको थियो।
योजना अन्तर्गत ६३ जना कर्मचारी विदा भए। पछिल्ला २ वर्षमा बिभिन्न बहानामा अस्थाइ र करार गरी तीन दर्जन कर्मचारी भर्ना गरिएका छन्। भर्ना गरिएकामा संस्थाका अध्यक्षदेखि चालकसम्मका आफन्त छन्। उनीहरूले साझामा बिनाप्रतिस्पर्धा जागिर पाएका हुन्।
पछिल्लो समयमा भर्ति भएका अधिकांश कर्मचारी साझामा क्रियाशील कर्मचारी संगठनका छोराछोरी र नातेदार छन्। चाहिने भन्दा बढी कर्मचारी भर्ना गरिएपछि संस्था गम्भीर आर्थिक संकटमा परेको छ।