चुनावी सरकारले नेपाल(भारतबीच जासुसी तथा सूचना आदानप्रदान संयन्त्र स्थापना गर्ने तथा भारतद्धारा प्रस्तावित दुई स्थानमा अध्यागमन केन्द्र (इमिग्रेसन चेक प्वाइन्ट) स्थापना गर्न गोप्य सहमित गरेको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
गत जेठ १८ गते काठमाण्डौंमा सम्पन्न गृहसचिवस्तरीय बैठकमा भारतले लुम्बिनी र पशुपतिनगरमा अध्यागमन जाँच केन्द्र स्थापनाका लागि प्रस्ताव गरेपछि नेपालले सहमति जनाएको हो । नेपालले यसलाई ‘सैद्दान्तिक’ सहमति भन्दै कार्यान्वयन औपचारिक रुपमा कूटनीकित माध्यम (च्यानल)बाट गर्ने भएको छ ।
बैठकमा सहमति भएका २८ बुँदाबारे जारी प्रेसविज्ञप्तिमा भने यसबारे केही उल्लेख गरिएको छैन् । नेपालका लागि गृह सचिव नविनकुमार घिमिरे र भारतीय गृह मामिला सचिव आरके सिंहले हस्ताक्षर गरेका हुन् ।
अध्यागमन केन्द्रको स्थापनाको यो बुँदा सहमतिको २५ बुँदामा छ । यसमा भनिएको छ,' भारतीय पक्षले लुम्विनी र पशुपतिनगरमा अध्यागमन केन्द्र राख्ने प्रश्ताव राख्यो । नेपाली पक्षाले यसलाई सैद्धान्तिक रुपमा स्वीकार गर्यो र कुटनीतिक च्यानलमार्फत कार्यान्वयन गर्नेछ ।'