परम्पराअनुसार रातो मत्स्येन्द्रनाथ र मीननाथको रथजात्रा सम्पन्न भएको सन्देश शनिबार स्वर्गलोक र नागलोकमा पठाइएको छ । लगनखेलमा अशोक स्तूपको सँगै रहेको सप्तपाताल पोखरीमा एकजोडी माछा छाडेर सन्देश पठाइएको हो । नागलोकका नागराजालाई पनि त्यही सन्देश पठाउन एकजोडी भँगेरा आकाशतर्फ उडाइएको आजको कान्छतिपुरमा खबर छ ।
यसअघि त्यहाँ रहेको जनमान्त ९वटुक० भैरवको सामुन्ने ५ जना वज्राचार्य बसी डमरु बजाई चर्या गीत गाएर मासाँहुति र गीतारोहण यज्ञ गर्दै बौद्ध तान्त्रिक विधिअनुसार गोप्य पूजा गरेका थिए । पुरातात्त्विक एवं ऐतिहासिक महत्त्व बोकेका सप्तपाताल पोखरी अतिक्रमणको चपेटामा परिरहेको छ ।'२०२८ सालसम्म पोखरीको जग्गा ३ सय ७८ रोपनी जग्गा भएकामा अहिले १४ आना जग्गामात्र बाँकी छ,' गुठियारमध्येका पन्नलाल शाक्यले बताए ।
मत्स्येन्द्रनाथ र मीननाथको जात्रा गत जेठ २४ मा जावलाखेलमा भोटो देखाएपछि गत वैशाख २७ गते पुल्चोकमा मत्स्येन्द्रनाथको रथारोहण गराई सुरु गराइएको यस वर्षको मत्स्येन्द्रनाथ र मीननाथको रथयात्रा सम्पन्न भएको थियो ।