बोक्सीको आरोपमा नुवाकोटको बेतिनीमा एक महिलाको कपाल मुन्डन गरिएको छ । बेतिनी ५ की एक महिलालाई स्थानीयले बोक्सीको आरोप लगाई कपाल मुन्डन गर्नुको साथै कुटपिट पनि गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । महिलालाई दुब्र्यबहार गरेको आरेपमा प्रहरीले सुनीमाया तामाङ र मनमाया तामाङलाई पक्राउ गरेको छ । उनीहरुले ती महिलालाई हसियाले कपाल काटिदिएका थिए भने मलमुत्र खुवाउने प्रयास गरेका थिए ।