पछिल्लो केही वर्ष नेपालले सिनियर क्रिकेटमा अन्तर्राष्ट्रिय सफलता हात पारिरहँदा यसको निरन्तरतामा प्रश्न उठेको थियो। एक दशकभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका खेलाडीको प्रभाव टोलीमा रहेका कारण यो पुस्तापछि सक्षम उत्तराधिकारी आउनेमा शंका थियो। अन्नपूर्ण पाेस्ट लेख्छ ।
जुनियर र युवा खेलाडीको प्रदर्शन भरपर्दो थिएन। एकदिवसीय मान्यता पाउने र एकदिवसीय विश्वकप खेल्ने लक्ष्य बनाएको नेपालका लागि यो राम्रो लक्षण थिएन।
नेपालले बिहीबार वल्र्ड क्रिकेट लिग डिभिजन तीनको उपाधि जित्दा युवा खेलाडीकै प्रेरणा रह्यो। फाइनलमा दुई युवा खेलाडी नरेश बुढाऐर र सागर पुनले अर्धशतक बनाए। अर्का जुनियर खेलाडी स्पिनर भुवन कार्कीले चार विकेट लिए। ब्याटिङमा होस् या बलिङमा, युवा खेलाडीले राम्रो खेले। टोलीलाई आवश्यक परेको समयमा समालिएर खेल्दै आत्मविश्वास देखाए।
प्रतियोगितामा पहिलो खेलदेखि नै कुनै न कुनै जुनियर खेलाडीले राम्रो प्रदर्शन गरे। टोलीका अन्य जुनियर खेलाडी सुवास खकुरेल, सागर पुन र सोमपाल कामीले पनि गतिलो खेले। सागरले बलिङ र ब्याटिङ दुवैमा राम्रो प्रदर्शन गरे।
ुहामीले धेरै क्रिकेट खेल्नु छ, अझ माथि जानु छ। त्यसैले जुनियर खेलाडी जम्नुपर्ने समय थियो। भविष्य हामी भएकाले जिम्मेवारीपूर्वक खेल्नेमा गम्भीर थियौुं, दुई वर्षअघि सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका भुवनले भने। उनले नयाँ खेलाडीले मिहेनत गर्नुपर्ने, सपना देख्नुपर्ने र अविचलित हुनुपर्ने बताए। अन्तिम दुई खेलमा अवसर पाएका भुवनले सात विकेट लिएका थिए।
सन् २००९ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका नरेश यसअघि खासै जमेका थिएनन्। यसपटक उनले ओपनिङ ब्याट्सम्यानका रूपमा सात खेलमा दुई अर्धशतकसहित एक सय ९८ रन जोडे। नरेश आवश्यक समयमा जुनियर खेलाडी जमेको बताउँछन्। विश्वकपको विश्वस्तरको छनोटमा राम्रो खेल्न नसकेपछि डिभिजन तीनमा घटुवा भयौं। यसले खेलाडीमा निराशा पनि छायो। डिभिजन तीनमा राम्रो प्रदर्शन नगर्दा हामी चार वर्ष क्रिकेटमा पछाडि पथ्र्यौं। विषेष गरी हामीजस्ता युवा खेलाडीलाई त्यसको डर सबैभन्दा बढी थियोु, नरेश भन्छन्।
सन् २०११ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका ओपनिङ ब्याट्सम्यान सुवास जुनियर खेलाडीले ब्याटिङमा देखाएको सुधार प्रशंसायोग्य भएको बताउँछन्। ुयसपालि सिनियर खेलाडीमा ज्ञानेन्द्रबाहेक अरू जम्न सक्नुभएको थिएन। यस्तो स्थितिमा जुनियर खेलाडीको काँधमा ठूलो जिम्मेवारी थियोु, उनी भन्छन्।
सुवासले ६ खेलमा एक सय १२ रन जोडे। उनले टोलीमा रहेका सिनियर खेलाडीलाई समेत प्रदर्शन सुधार गर्न चुनौती बढेको बताए। सिनियर टोलीमा गत वर्ष डेब्यु गरेयता लगातार राम्रो खेलिरहेका अलराउन्डर सागर जुनियर खेलाडीले आत्मविश्वास देखाएको बताउँछन्।
सिनियर खेलाडीसामु आत्मविश्वासपूर्वक खेलेर सफलताको हिस्सा बन्यौुं, सात खेलमा तीनवटा पालि खेल्दै एक सय सात रन जोडेका सागर भन्छन्। उनले बलिङतर्फ सात खेलमा ६ वटा पालि खेल्दै आठ विकेट लिए। गत वर्ष सिनियर टोलीमा डेब्यु गरेका फास्ट बलर सोमपालले आफ्नो लय कायम राख्दै सात खेलमा ११ विकेट लिए।
प्रतियोगितामा सिनियर र जुनियरबीचको तालमेल राम्रो रह्यो। ब्याटिङतर्फ ज्ञानेन्द्र मल्ल र बलिङतर्फ वसन्त रेग्मी, शक्ति गौचन र पारस खड्काले प्रेरणादायी प्रदर्शन गरे। सिनियर दाइले नर्भस् नभई खेल भन्नुहुन्थ्यो। आवश्यक समयमा सिकाउनुहुन्थ्यो भुवन भन्छन्।
नेपाली टोलीका कप्तान पारस खड्का युवा खेलाडीमा परिपक्वता आएको बताउँछन्। टिममा रहेका जुनियर र युवा खेलाडीमा परिपक्वता र आत्मविश्वास बढेको देखिएको छु, उनले भने। अनुभवी स्पिनर वसन्त रेग्मी लामो समयदेखि सिनियरसँग भएकाले जुनियर खेलाडीले राम्रो प्रदर्शन गरेको बताउँछन्।
राष्ट्रिय टोलीमा प्रवेश गरेपछि कसैलाई पनि सिनियर र जुनियर भनेर भेदभाव हुँदैन। तर जुनियर खेलाडीले सिनियरबाट सिक्ने प्रशस्तै ठाउँ पाउँछन्। लामो समय सँगै रहेकाले राम्रो गरेको हुनुपर्छु, वसन्तले भने।
उनले जुनियर खेलाडीको प्रदर्शनले सिनियरको हौसला बढेको बताए। भुवनले केही वर्षअघि नै टिममा ठाउँ पाए पनि अवसर पाएको थिएन। उसले अवसर पाउनैबित्तिकै समयमा आफूलाई पुष्टि गर्योु, वसन्त भन्छन्।
प्रशिक्षक पुबुदु दासानायके पनि जुनियर खेलाडीको प्रदर्शनमा खुसी छन्, सँगै उनी फरक मत पनि राख्छन्। राष्ट्रिय टिममा परेको लामो समयपछि मात्र जुनियर खेलाडीले राम्रो खेलेका छन्। तर अझै पनि सिनियर र जुनियर खेलाडीबीच ठूलो खाडल छु, उनी भन्छन्। उनी स्थानीय प्रतियोगितामा जोड दिँदै युवा तथा जुनियर खेलाडीले राष्ट्रिय टोलीमा आउनुअघि धेरै एक्सपोजर पाइसक्नुपर्ने बताउँछन्।
ुवर्षमा एकदुईवटा प्रतियोगिता खेलेर राष्ट्रिय टिमबाट एकैपटकमा राम्रो प्रदर्शन हुन सक्दैनु, उनी भन्छन्। पुबुदुले सागर, नरेश, सोमपाललाई हरेक खेलमा उतारे। भुवनले अन्तिम दुई खेलमात्र खेले भने सुवास अन्तिम खेलमा परेनन्।
प्रशिक्षकले यसै वर्ष सिनियर टोलीमा डेब्यु गरेका आरिफ सेखलाई मौका दिए पनि उनले प्रभाव देखाउन सकेनन्। चोटका कारण अन्य युवा खेलाडी अविनाश कर्ण, जितेन्द्र मुखिया र पृथु बास्कोटा टोलीबाहिर छन्।