अत्यधिक महँगो पर्ने भएपछि एमआईसीआर म्याग्नेटिक इंक क्यारेक्टर रिकग्निसन चेक लागू हुन सकेको छैन । कारोबार दैीनक लेख्छ राष्ट्र बैंकले कात्तिक १ देखि सो चेक जारी गर्न सबै बैंक÷वित्तीय संस्थालाई निर्देशन दिए पनि महँगो भन्दै उनीहरूले जारी गरेका छैनन् । उपभोक्ताले नै यसको लागत बेहोर्नुपर्ने भएकाले नकारात्मक प्रतिक्रिया आउने त्रासका कारण उनीहरू पछि हटेका हुन् ।
केन्द्रीय बैंकले सेवाग्राहीलाई चैतअघि नै आफूसँग भएका साधारण चेक साटिसक्न वा त्यसको बदला अर्को चेक लिइसक्न निर्देशन दिएको थियो । बैंक वित्तीय संस्थाले भने विरोध गर्दै आएका थिए । “१ पानाको ४ रुपैयाँ लागत पर्ने भएकाले तत्काल जारी गर्न सक्ने अवस्था छैन,” नेपाल वित्तीय संस्था संघका अध्यक्ष राजेन्द्रमान शाक्यले भने ।
तत्काल जारी हुन नसक्ने भएपछि केही सयम थप्ने तयारीमा रहेको राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले बताए । यसअघि केन्द्रीय बैंकले एकीकृत निर्देशन ०७० संशोधन गर्दै एमआईसीआर चेक जारी गर्न वाणिज्य बैंंक, विकास बैंक र फाइनान्स कम्पनीहरूलाई निर्देशन दिएको थियो । यस्तो चेक केही बैंकले जारी गरिसकेका छन् ।
सो चेक छाप्ने मेसिन खरिदका लागि कम्तीमा ६ लाख रुपैयाँ पर्ने बैंकरहरू बताउँछन् । “सबै शाखामा मेसिन राख्न सक्ने अवस्था छैन,” शाक्यले भने, “बाहिर छाप्दा डुप्लिकेसनको समस्या आउन सक्छ ।” यति हुँदाहुँदै पनि बैंकऔवित्तीय संस्थाले नयाँ प्रविधि भित्र्याउनुलाई नराम्रो भन्न नमिल्ने उनको भनाइ छ ।