सवारी साधन चोरी हुने, नक्कली ब्लु बुक बनाउने, दुरूपयोग हुने जस्ता समस्याबाट अब छुटकारा पाइने भएको छ । किनकी सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट ल्याउने तयारी गरेको छ । आजको कान्तिपुर दैनिक लेख्छ इम्बोस्ड धातुको प्लेटमा विद्युतीय तथा यान्त्रिक माध्यमद्धारा अक्षर र अंक उठ्ने गरि देखिएको हुन्छ ।
इम्बोस्डु मा रहेको सानो चिपले नै सवारीसाधन र चालकको बारेमा जानकारी दिन्छ । यो नम्बर प्लेटबाट गाडी कहाँ छ थाहा हुन्छ । ब्लुबुकको झन्झट र नक्कली निकाल्ने पनि हुदैन, यातायात व्यवस्था विभागका निर्देशक मुक्ति केसीले भने,गाडी चोरी हुने जस्ता समस्या हुने छैन ।
केसीले यसका लागि यातायात व्यवस्था विभागबाट आन्तरिक रूपमा सम्पूर्ण काम पूरा भएको र अब तिहारपछि टेन्डर आह्वारको प्रक्रिया अघि बढाइने जानकारी दिए । रकम भने अहिले नै उपलब्ध भइसकेको छैन, उनले भने,टेन्डरपछि आवश्यक रकम सरकार समक्ष राख्ने छौं ।
सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को ०७० साल वैशाक ३० मा भएको पाँचौ संसोधन अनुसार सवारी साधनको नम्बर प्लेट इम्बोस्ड गरिएको हुनु पर्छु भनिएको छ ।
यातायात व्यवस्था विभागले यस अघि नै स्मार्ट कार्ड मंसिर भित्रमै ल्याइने जनाएको छ । पहिलो चरणमा १ लाख ६० हजार कार्ड ल्याइन लागेको स्मार्ट कार्ड आएपछि पहिले नयाँ लाइसेन्स बनाउने र प्रतिलिपि लिन आउनेका लागि प्रयोग गरिने केसीले जानकारी दिए ।
प्रकाशित मिति: 2014-10-22 06:19:10