अनौपचारिक शिक्षा केन्द्रले उपत्यकाको तीन शिक्षा कार्यालयसँग साक्षरता कक्षामा सहभागी नभएकालाई साक्षर बनाएको विषयमा छानविन गरी तीन दिन भित्र जवाफ दिन निर्देशन दिएको छ ।
कान्तिपुर दैनिक लेख्छ काठमाडौं, भक्तपुर र ललितपुरको ९ वटा गाउमा स्थलगत अध्ययन गर्दा गत बर्षको कक्षामा सहभागि नभएकालाई साक्षर बनाएको तथ्य सहितको समाचार प्रकाशित भएको थियो । समाचारलाई आधार बनाएर तीनै जिल्लामा छानविन गरेर सत्य तथ्य पठाउन भनेका छौं,केन्द्रका उपनिर्देशक बिष्णुप्रसाद मिश्रले भने ।
कान्तिपुरले अध्ययन गरेको ठाउँमा शिक्षा कार्यालयले स्थानीय सरोकारवाला छलफल गरेर यथार्थ पठाउन पत्राचार गरेको उनले बताए । स्थलगत अध्ययनको क्रममा भेटेका ३ सय ३४ मध्ये ८१ जनाले मात्रै कक्षामा सहभागि भएको पाइएको थियो । त्यस बाहेक अन्य कक्षामा सहभागी हुनै नसक्ने बृद्ध, मृत्यु भइसकेका, विदेशमा रहेका र बारम्बार कक्षा लिएका व्यक्तिको नाम राखिएको छ ।