फौजदारी अभियोगमा फरार भएका अपराधीलाई तोकिएको कारबाही गर्न अदालतले टोली खटाएको छ ।
अब तिनलाई खोज्दै प्रहरी टोली घर घरै पुगेर दण्ड, जरिवाना असुलउपर गर्ने समाचार आजको कान्तिपुर दैनिकमा छ । प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले पदभार सम्हालेलगत्तै फैसला कार्यान्वयनमा ल्याएको योजनाअनुसार अदालतका कर्मचारी र प्रहरी सम्मिलित टोली परिचालन भएको हो ।
कैद जरिवाना, सरकारी विगो, लागेका व्यक्तिहरुले यसथाशीध्र सम्बिन्धित जिल्ला अदालतमा सम्पर्क गरी आफूलाई लागेको केद, जरिवाना तथा सरकारी विगो तिरी बुझाई फरफारक गर्न अनुरोध गरिन्छ, निर्णयमा भनिएको छ ।