खाडी मुलुकमा घरेलु कामदार व्यवस्थित गर्न सरकाले कार्यविधि र मापदण्ड बनाउने भएको छ ।
आजको नेपाल समाचारपत्र दैनिक लेख्छ सरकारले संस्थागत रुपमा पठाउने गरी मापदण्ड र कार्यविधि बनाउन लागेको हो । श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीले तत्काललाई महिला कामदार नपठाइ मापदण्ड बनाउन लागिएको बताए ।
व्यक्तिगत रुपबाट पठाउँदा असुरक्षित भए त्यसैले संस्थागत तबरबाट पठाउने सोचमा छौं उनले भने । वैदेशिक रोजगार विभागका अनुसार दैनिक १ सय ८ सय जना वैदेशिक रोजगारमा जाने गरेका छन् । त्यसमध्ये १५ प्रतिशत महिला छन् ।